‘लोकतन्त्र र संविधान रक्षाका लागि जेठमै स्थानीय तहको निर्वाचन’
काठमाडौं, माघ १९ : स्थानीय तहको निर्वाचन जेठमै गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दबावमूलक कार्यक्रमको थालनी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ...काठमाडौं, माघ १९ : स्थानीय तहको निर्वाचन जेठमै गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दबावमूलक कार्यक्रमको थालनी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ चार गते स्थानीय तहको निर्वाचन गर्नेगरी तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरिसकेको भएपनि एमाले सम्वद्ध भातृ संगठनहरुले सरकारलाई निर्वाचन मिति घोषणा गर्न दबाब दिन थालेका हुन्।
बुधबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले राजधानीमा प्रदर्शनीमार्गमा सडक बहस आयोजना ग¥यो। उक्त कार्यक्रममा विद्यार्थी नेतादेखि अधिवक्तासम्मको उपस्थिती थियो।
अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको बहसमा निर्वाचन आयोगका सदस्य तथा अधिवक्ता बाबुराम दाहाल, नेपाल बार एशोसियसनका पूर्वमहासचिव सुनिल पोख्रेल, नेपाल बार एशोसियसनका कोषाध्यक्ष रुद्र पोखरेल, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जु र अनेरास्ववियुकी नेता सुनिता बराल बक्ता थिए।
बहसमा बोल्ने सबै वक्ताहरुले निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने जिकिर गरेका थिए। अधिवक्ता बाबुराम दाहालले संविधानले स्थानीय तह रिक्त हुने परिकल्पना नगरेको बताए। अघिल्लो निर्वाचनमा पहिलो चरणमा चुनिएका जनप्रतिनिधिहरुको कार्यकाल जेठ ६ गते सकिँदै छ। सत्ता गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचन ६ महिना पछाडि गर्ने कुरा गरिरहँदा रिक्त रहने स्थानीय तहमा जनताहरुले सास्ती भोग्नुपर्ने उनको भनाई थियो।
त्यस्तै नेपाल बारका पूर्वमहासचिव सुनिलकुमार पोख्रेलले संविधान र लोकतन्त्रको रक्षाका निम्ति जेठमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए। संविधानले तोकेको समयमा निर्वाचन गर्नका लागि सरकारले तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो।
अन्य बक्ताहरुले पनि तोकिएकै समयमा निर्वाचन गर्नका लागि सरकारको ध्यानाकर्षण गराए। निर्वाचन गराउन आयोग तयारी अवस्थामा रहेतापनि विभिन्न बहानाबाजी गरी निर्वाचन सार्ने काम कदापी मान्य नहुने उनीहरुको चेतावनी थियो।