धोबीखोला करिडोरमा मन्त्री झाँक्रीकाे अनुगमन
मन्त्री झाँक्रीले सडक अतिक्रमण गरेर राखिएका सामग्री हटाउन लगाउनुका साथै आगामी दिनमा साे कार्य नदोहोर्याउन निर्देशन पनि दिएकी थिइन्।काठमाडौं, माघ १९ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज (बुधबार) धोबीखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन्।
क्षेत्रमा धोबीखोला करिडोरको अनामनगर सडकमा अतिक्रमण भइरहेको व्यापक गुनासो आएपछि उनी आज नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीको टोलीसहित अनुगमनका लागि उक्त क्षेत्रमा पुगेकी थिइन्।
सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरुका सामान राख्ने हुँदा सो सडक अस्तव्यस्त भई सवारी चालक र पैदलयात्रीले सास्ती भोग्दै आएका थिए।
सडक मिचेर राखिएका निर्माण सामग्री र पसलका सामानहरू अनुगमनका क्रममा हटाउन लगाइएको उठाइएको छ। मन्त्री झाँक्रीले सडक अतिक्रमण गरेर राखिएका सामग्री हटाउन लगाउनुका साथै आगामी दिनमा साे कार्य नदोहोर्याउन निर्देशन पनि दिएकी थिइन्।
प्रकाशित मिति: १३:५८ बजे, बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्तो रह्यो एमालेको जागरण सभा [फोटो फिचर]शुक्रबार, मंसिर ७, २०८१
११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१
‘कसैको अनुहार हेरिन्न, गल्ती गर्नेलाई कारबाही हुन्छ’शुक्रबार, मंसिर ७, २०८१
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्रीशुक्रबार, मंसिर ७, २०८१