तस्बिरमा मोरिससविरुद्ध नेपालको जित
मंगलबार दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हराउँदै जित निकालेको हो ।
काठमाडौं, माघ १८ : मंगलबार दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा नेपालले मोरिससविरुद्ध १–०को जित निकालेको छ।
नेपालको जितमा सुजल श्रेष्ठले १०औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो। नेपाल अग्रता लिएलगत्तै मोरिससले पनि गोलको सुनौलो अवसर खेर फाल्यो। १२औं मिनेट प्राप्त पेनाल्टीमा मोरिसस गोल गर्न चुक्यो ।
उसको प्रहार नेपालका गोलकिरपर किरण चेम्जोङले बचाएका थिए । खेलको अन्त्य भने तनावपूर्ण रह्यो । कार्डको वर्षा भएको दोस्रो हाफमा दुवैटिमका गरी ४ जनाले रातो कार्डा पाए।
जसमा नेपालका एक खेलाडी र एक अफिसियल थिए भने मोरिसका २ खेलाडी थिए । पहिलो पटक अफ्रिकी मुलुकसँग खेलेको नेपालले दुवै खेलमा समान १–०को जित निकाल्यो ।
नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दुई खेलमा फरक दुई टिम मैदान उतारेका थिए।










प्रकाशित मिति: १८:५९ बजे, मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
