Kathmandu Press

भक्तपुरकाे हनुमानघाटमा माधव नारायण मेला (तस्बिरहरु) 

एक महिने अबधिमा माघ शुक्लपक्षको एकादशीका दिन पुरुष ब्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिंदै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलासयमा बस्ने गर्दछन् 
भक्तपुरकाे हनुमानघाटमा माधव नारायण मेला (तस्बिरहरु) 

काठमाडौं, माघ १४ : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा एक महिने माधवनारायण मेला सुरु भएको छ। 

माघ ३ गते बिहान हनुमानघाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई  अर्घ्य दिएर माधव नारायणको पूजा गरेपछि ब्रत सुरू भएको थियाे।

Hardik ivf

नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएका एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म  लाग्छ।

एक महिने अबधिमा माघ शुक्लपक्षको एकादशीका दिन पुरुष ब्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिंदै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलासयमा बस्ने गर्दछन्।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्