Kathmandu Press

उपत्यकामा जोरबिजोर प्रणाली : नियम उल्लंघन गर्ने ५२८ सवारीसाधनमाथि कारबाही

जोरबिजोर प्रणाली उल्लंघन गर्ने ५२८ सवारी साधनलाई कारवाही गरिएको एसपी दासले बताए । उनका अनुसार बुधबारसम्म ४४५ दुईपांग्रे सवारी साधन, ७८ चारपांग्रे सवारी साधन र ५ वटा भाडाका कारलाई कारवाही गरिएको छ। 
उपत्यकामा जोरबिजोर प्रणाली : नियम उल्लंघन गर्ने ५२८ सवारीसाधनमाथि कारबाही

काठमाडौ, माघ १३ : काठमाडौं उपत्यकाभित्र सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको एकसाता पुग्न लागेको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गत शुक्रबार मध्यरातदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा गुड्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको थियो। 

जोरबिजोर प्रणाली लागू भएपछि कार्यान्वयनका लागि उपत्यकाको चोकचोकमा प्रहरी परिचालन गरिएको छ। भीड बढ्न नदिनका लागि प्रशासनले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको हो। 

Hardik ivf

खाद्यान्न, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुनेछैन। सार्वजनिक सवारी साधन, मोटरसाइकल, ट्याक्सी, कार लगायतका सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुनेछ। 

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासका अनुसार प्रशासनले जारी गरेको जोरबिजोर प्रणाली कार्यान्वयन गर्न उपत्यकामा उल्लेख्य संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ। 

राजधानीका विभिन्न स्थानमा चेकपोइन्ट खडा गरेर प्रहरीले जोरबिजोर प्रणालीको अनुगमन गरेको छ । उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको उनले बताए।

जोरबिजोर प्रणाली उल्लंघन गर्ने ५२८ सवारी साधनलाई कारवाही गरिएको एसपी दासले बताए । उनका अनुसार बुधबारसम्म ४४५ दुईपांग्रे सवारी साधन, ७८ चारपांग्रे सवारी साधन र ५ वटा भाडाका कारलाई कारवाही गरिएको छ। 

 

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्