Kathmandu Press

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनले बार्बाडस विजयी

काठमाडौं, भदौ २६ : सीपीएल टी–२० प्रतियोगितामा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेको छन्। उनको उत्कृष्ट प्रदर्शनमा सेन्ट किट्स एन्ड नेभिस प्य....

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनले बार्बाडस विजयी
एजेन्सी

काठमाडौं, भदौ २६ : सीपीएल टी–२० प्रतियोगितामा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेको छन्। उनको उत्कृष्ट प्रदर्शनमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रिअट्सलाई पराजित गर्दै बार्बाडस ट्रिडेन्टस्ले प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।

आज बिहान भएको खेलमा टस हारेर बार्बाडसले ब्याटिङको निम्तो पाएको थियो। सन्दीपको टोलीले दुई विकेटको क्षतिमा एक सय ८६ रन बनाएको थियो।

बार्बाडसका लागि लेनिको बाउचरले ६२, जनसन चाल्र्सले ५२, जेपी डुमिनीले ४३ र एलेक्स हेल्सले १८ रन बनाएका थिए।

प्याट्रिअट्सका बलर चल्न सकेनन्। रायाद इमिरिट्स र उसामा मिरले एक–एक विकेट लिए।

एक सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा प्याट्रिअट्सले राम्रो सुरुआत गरेको थियो। उनले तीन विकेट गुमाए पनि १२ ओभरमा ९७ रन बनाएको थियो।
त्यसपछि बलिङमा आएका सन्दीपले प्याट्रिअट्सलाई पछाडि धकेले। उनले चार ओभरमा २२ रन खर्चिदै तीन विकेट लिए।

जसले गर्दा ९७ रनमा तीन विकेट गुमाएको प्याट्रिअट्स एक सय १९ रन बनाउदा नौ विकेट गुमाउनु पुग्यो। त्यसपछि प्याट्रिअट्स २० ओभरमा नौ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनाउन सक्यो।

यो खेलमा सन्दीप प्लेअर अफ द म्याच भए।

सन्दीपको टोलीले पहिलो खेल हारेको थियो। अब अर्को खेल शनिबार जमैका तलवाससँग खेल्नेछ।

 

 

प्रकाशित मिति: १०:१७ बजे, बिहीबार, भदौ २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्