Kathmandu Press

सावित्राको गोलमा नेपाल नादेझ्दा कपको फाइनलमा

काठमाडौं, भदौ २४ : ताजकिस्तानलाई हराउँदै नेपाल नादेझ्दा कप फुटबलको फाइनल प्रवेश गरेको छ। 

कीर्तिस्तानमा जारी प्रतियोगिताको समूह चर....

सावित्राको गोलमा नेपाल नादेझ्दा कपको फाइनलमा

काठमाडौं, भदौ २४ : ताजकिस्तानलाई हराउँदै नेपाल नादेझ्दा कप फुटबलको फाइनल प्रवेश गरेको छ। 

कीर्तिस्तानमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मंगलबार ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपाललाई फाइनलमा पुर्‍याउन एक मात्र निर्णायक गोल सावित्रा भण्डारीले गरेकी थिइन्। 

काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ८५ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई फाइनलको यात्रामा डोर्‍याइन्।

सावित्राले गीता रानाले प्रहार गरेको फ्रिकिकमा सावित्राले हेड गोल गरेकी थिइन्। 

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोड्न सफल भयो। नेपाल समूहको शीर्ष दुईमा रहँदै फाइनल पुगेको हो। अब उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
 

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, भदौ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्