Kathmandu Press

विश्वकप छनोटः चाइनिज ताइपेविरुद्ध नेपाल २–० ले विजयी

काठमाडौं, भदौ २४ : फिफा विश्व कप एसिया छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ। 

समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेलाई २....

विश्वकप छनोटः चाइनिज ताइपेविरुद्ध नेपाल २–० ले विजयी

काठमाडौं, भदौ २४ : फिफा विश्व कप एसिया छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ। 

समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेलाई २–० ले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो।  सोमबार ताइपे घरेलु मैदानमा भएको खेलमा नेपाललाई जिताउन दुवै गोल अञ्जन विष्टले गरेका थिए। 

खेलको तेस्रो मिनेटमै गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप एक गोल गरेको थियो। 

खेलको ६३ औं मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को जित दिलाए। 

जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान ३–३ अंक जोडेका जोर्डन र कुवेत गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छ।

यसअघि भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो। 

प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, भदौ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्