Kathmandu Press

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाले गठबन्धन गर्ने 

काठमाडौं, माघ ६ : आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन...
राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाले गठबन्धन गर्ने 

काठमाडौं, माघ ६ : आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गठबन्धन गर्ने भएका छन्। मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा दुई दलले गठबन्धन गर्ने निर्णय गरेको हो। 

मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन्।

Hardik ivf

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने भएका छन् । 

मधेस प्रदेशमा एमाले र लोसपाले गठबन्धन बनाए पनि सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराउन नसक्ने देखिन्छ । मतभारको आधारमा अन्य प्रदेशजस्तै मधेस प्रदेशमा पनि सत्तारुढ गठबन्धन नै बलियो रहेको छ।

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्