Kathmandu Press

युरोकप छनोटः बेल्जियमको शानदार जित, स्कटल्याण्ड बाहिरियो

काठमाडौं, भदौ २४ :  सन् २०२० मा हुने युरो कप छनोटको खेलमा बेल्जियमले शानदार जित हात पारेको छ। 

गएराति भएको खेलमा बेल्जियमले स्कटल्....

युरोकप छनोटः बेल्जियमको शानदार जित, स्कटल्याण्ड बाहिरियो

काठमाडौं, भदौ २४ :  सन् २०२० मा हुने युरो कप छनोटको खेलमा बेल्जियमले शानदार जित हात पारेको छ। 

गएराति भएको खेलमा बेल्जियमले स्कटल्याण्डमाथि ४–० को फराकिलो जित निकालेको हो। हारसँगै स्कटल्याण्डको भने युरो कप खेल्ने सम्भावना सकिएको छ।

खेलको ९ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले केभिन डी ब्रुनेको पासमा गोल गरेका थिए। केभिनकै पासमा खेलको २४ औं मिनेटमा गोल गर्दै थोमसले बेल्जियमको अग्रता दोब्बर पारेका थिए।

खेलको ३२ औं मिनेटमा टोबी एल्डरविरेल्डले गोल गरेपछि  बेल्जियम पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो। दोस्रो हाफमा बेल्जियमले थप एक गोल गरेको थियो। खेलको ८२ औं मिनेटमा केभिन ब्रुनेले गोल गर्दै बेल्जियमलाई ४–० को जित दिलाए। 

जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको बेल्जियमले ६ खेलबाट १८ अंक जोडेको छ। पराजित भएको स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ।

प्रकाशित मिति: ०७:५० बजे, मंगलबार, भदौ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्