Kathmandu Press

अध्ययन भन्छ– अधिकांश संक्रमितलाई स्नायु र मस्तिष्कसम्बन्धी समस्या  

दीर्घ–कोभिड सिन्ड्रोममा देखिएका लक्षणहरु धेरै हदसम्म क्यान्सर थेरापिसम्बन्धी संज्ञात्मक असर (क्यान्सर थेरापी रिलेटेड कग्निटिभ इम्पेयरमेन्ट – सिआरसिआई) का सिन्ड्रोमसँग समानान्तर देखिएको उक्त अध्ययनले देखाएको छ।
अध्ययन भन्छ– अधिकांश संक्रमितलाई स्नायु र मस्तिष्कसम्बन्धी समस्या  

काठमाडौं, माघ ३ : कोरोना संक्रमितहरूमा स्नायुप्रणाली तथा मस्तिस्कसम्बन्धि समस्या देखिन थालेका छन्। अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयको न्यूरोलोजी तथा न्यूरोलोजिकल विज्ञान विभागका एन्थोनी फर्नान्डेज, येल विश्वविद्यालयका पिवेन लुलगायतका खोजकर्ताहरुले प्रकाशन गरेको एक अध्ययनले कोरोनाको तेस्रो लहरमा संक्रमितहरूमा न्यूरोलोजिकल असर भएको देखाएको छ।

अधिकांश कोरोना संक्रमितहरुमा एकाग्रतामा कमी, स्मरण शक्तिमा ह्रास, सूचना आदानप्रदानमा कठिनाइलगायतका दीर्घ–कोभिड सिन्ड्रोम देखिएका छन्। सिन्ड्रोम भनेको कुनै अवस्थामा संयुक्त रुपमा देखिने लक्षणहरु वा संयुक्त रुपमा देखिने लक्षणहरुले जनाउने स्वास्थ्य अवस्था हो।

Hardik ivf

दीर्घ–कोभिड सिन्ड्रोममा देखिएका लक्षणहरु धेरै हदसम्म क्यान्सर थेरापिसम्बन्धी संज्ञात्मक असर (क्यान्सर थेरापी रिलेटेड कग्निटिभ इम्पेयरमेन्ट – सिआरसिआई) का सिन्ड्रोमसँग समानान्तर देखिएको उक्त अध्ययनले देखाएको छ।

मस्तिष्कका नसा फुल्ने (न्यूरोइन्फ्लामेसन), मुख्यतः मस्तिस्कमा हुने माइक्रोग्लियामा प्रभाव पर्ने र स्मरण शक्तिसम्बन्धि नसाहरुले काम गर्न छाड्ने (डिसरेगुलेसन अफ हिप्पोक्याम्पल न्यूरोजेनेसिस) लगायतका लक्षणहरु सिआरसिआईका मुख्य प्रभाव हुन्। लङ–कोभिडमा पनि यस्ता सिन्ड्रोमहरु देखिएको खोजपत्रमा उल्लेख छ।

‘हामीले यस्ता प्रभाव सामान्य कोभिड संक्रमणमा पनि पाएका छौं। सिआईसिआईमा जुनकारण यस्ता सिन्ड्रोम देखिएका हुन्, कोभिडमा पनि उस्तै कोशिका संयन्त्रले यी र यस्ता सिन्ड्रोम देखिएको हामीले पाएका छौं,’ रिपोर्टमा उल्लेख छ।

यस्तै, जनस्वास्थ्यविद् डा. लुना भट्ट शर्मा पनि अहिले देखिको कोरोना संक्रमितमध्ये धेरैमा स्नायुप्रणाली तथा मस्तिष्कसम्बन्धी समस्या देखिनुका साथै लङ कोभिडको सम्भावना रहेको बताउँछिन्। 

‘विगतको तुलनामा अहिले देखिएको संक्रमितमा घाँटी र मस्तिष्कमा बढी समस्या देखिएको छ। पहिला जस्तो संक्रमित भएपछि निमोनिया हुने, श्वासप्रश्वासमा समस्या नदेखिएको भएर पनि मानिसहरूले बेवास्ता गरिरहेका छन्,’ उनी भन्छिन्, ‘तर अधिकांश संक्रमितमा स्नायुप्रणाली तथा मस्तिष्क सम्बन्धि समस्या देखिएको छ। जसले संक्रमितको स्वास्थ्यमा तत्काल खासै गम्भिर असर नपु¥याएपनि दिर्घकालिन रूपमा यसले डरलाग्दो रूप लिनसक्छ।’
 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, माघ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्