Kathmandu Press

डेंगुले काठमाडौंमै दुईको मृत्यु, देशभर ६ को ज्यान गयो

काठमाडौं, भदौ २३ : डेंगुको संक्रमणले ज्यान लिन थालेको छ। काठमाडौंमै डेंगुबाट दुई जनाको मृत्यु भएको छ। सोमबारसम्म देशभर मृत्यु हुनेको संख्या ६ पुगेको छ....

डेंगुले काठमाडौंमै दुईको मृत्यु, देशभर ६ को ज्यान गयो
काठमाडौं प्रेस

काठमाडौं, भदौ २३ : डेंगुको संक्रमणले ज्यान लिन थालेको छ। काठमाडौंमै डेंगुबाट दुई जनाको मृत्यु भएको छ। सोमबारसम्म देशभर मृत्यु हुनेको संख्या ६ पुगेको छ।

इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका अनुसार, झन्डै दुई महिनाको अवधिमा डेंगुको संक्रमणले ६ जनाको मृत्यु भएको हो। साउन १ गतेदेखि सुरू भएको डेंगुको संक्रमण अहिले झनझन फैलिदै गएको छ।

साउनयता सुनसरी, सिन्धुपाल्चोक, चितवन र डोटीमा एक–एक तथा काठमाडौंमा दुई जनाले डेंगुबाट ज्यान गुमाएको इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

Hardik ivf

महाशाखाका अनुसार, कामठाडौंमा डेंगुबाट मृत्यु भएका दुई जनाबारे आज मात्रै रिपोट आएको हो। मृतकका विषयमा महाशाखाले केही जानकारी सार्वजनिक गरेको छैन। उनीहरूको दुई–तीन दिनयता नै मृत्यु भएको जनाएको छ।

त्यस्तै, देशका ६१ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। ति जिल्लाका तीन हजार आठ सय ९९ जनामा डेंगु संक्रमण देखिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, प्रदेश १ मा आठ सय ३१, प्रदेश २ मा ३९, प्रदेश ३ मा दुई हजार १०, गण्डकी प्रदेशमा आठ सय ९६, प्रदेश ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सदूरपश्चिम प्रदेशमा २३ जनामा डेंगु संक्रमित भएको छ।

देशभर डेंगुको संक्रमण बढ्दै गएपछि स्वास्थ्यकर्मीले सचेतना अपनाउन आग्रह गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा.अनुप बास्तोलाले यसबाट सर्तक रहनुपर्ने तर डराउनुपर्ने अवस्था नरहेको बताए।

डेंगू संक्रमित भएको व्यक्तिबाट नभइ संक्रमित व्यक्तिलाई टोकेको लामखुट्ट्ले अर्को व्यक्तिलाई टोकेमा मात्र यो रोग उनले बताए। ‘कतिपयलाई  संक्रमित व्यक्तिबाटै सर्छ भन्ने भ्रम छ, त्यस्तो होइन। संक्रमित व्यक्तिबाट सर्दैन। लामखुट्टले टोकेमा मात्रै सर्ने हो। लामखुट्टेले टोक्न नदिने गरी सचेत होऔं,’ डा.बास्तोलाले भने।

यो सरुवा रोग भएपनि व्यक्तिबाट नसर्ने उनले बताए। डेंगु उपचार गर्दा निको हुने भएकाले नडराउन उनले आग्रह गरेका छन्। ‘डेंगुसँग डराउनु पर्दैन्। फोहोरको कारण लामखुट्टे जन्मने भएकाले घर वरिपरि सफा राखौं,’ डा.बास्तोलाले भने।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, भदौ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्