Kathmandu Press

कोरोनाको सामना गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा छ : प्रवक्ता अधिकारी 

काठमाडौं, पुस ३० : एक सातादेखि कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यसको रोकथामको तयारीमा लागेको छ । अहिले...
कोरोनाको सामना गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा छ : प्रवक्ता अधिकारी 

काठमाडौं, पुस ३० : एक सातादेखि कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यसको रोकथामको तयारीमा लागेको छ । अहिले अस्पतालहरुमा जनशक्ति बढाउने, अक्सिजन थप गर्ने, वेड थप गर्ने, अस्पतालको व्यवस्थापन लगायतका कामहरु भइरहेको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीले जानकारी दिए । 

‘कोरोना नियन्त्रणका लागि सबैभन्दा राम्रो उपाय भनेको जनस्वास्थ्यका मापदण्ड अपनाउनु नै हो । हामीले यसैलाई बढी जोड दिइरहेका छौँ,’ उनले काठमाडौं प्रेससँग भने ‘यसबाहेक अक्सिजन सिलिन्डर आयात, अस्पतालमा वेडहरु थप्ने, अक्सिजन प्लान्टहरुलाई बढी चलायमान बनाउने, लिक्विड, अक्सिजन ट्यांकहरु थप्ने, कन्सन्टेटरहरु थप भएका छन्, आइसियु, भेन्टिलेटल थप्ने लगायतका कामहरु भइरहेको छ।’

उनका अनुसार, अहिलेसम्म पुर्ण लकडाउनको कुनै निर्णय भएको छैन । संक्रमितको सख्यामा बृद्धि आएपनि अस्पतालमा चाप कम भएको हुनाले लकडाउनको विकल्प नरोजेको उनी बताउँछन् । तर, कोरोना संक्रमितको संख्या यसरी नै बढ्दै गएको खण्डमा स्मार्ट लकडाउन हुनसक्ने सम्भावना रहेको उनी बताउँछन् ।

Hardik ivf

अहिले खोप नलगाएका मानिसको तुलनामा खोप लगाएका मानिसमा कोरोनाको असर कम देखिएको संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् । त्यसै कारण कोराना संक्रमितको संख्यामा बृद्धि भएपनि अस्पतालमा बिरामीको चाप धेरै नभएको उनी बताउँछन् । 

‘कोरोनाको दोस्रो लहरपछि धेरैले खोप लगाएका छन् । खोपले गर्दा पनि केही हदसम्म संक्रमितको स्वास्थ्यमा जटिलअसर नपुर्‍याएको हो,’ उनले काठमाडौं प्रेससँग भने ‘कतिपय मानिसहरु खोप लगाएर पनि संक्रमित भयौँ । खोपको काम रहेनछ भनिरहेका छन् । तर, खोप लगाउँदैमा संक्रमित नै नहुने भन्दा पनि यसले जोखिम कम गर्ने र विरामीलाई धेरै गाह्रो नबनाउने हो ।’

डा. पुन अहिले कोरोना संक्रमितको संख्यामा बृद्धि आउनुलाई ‘सरप्राइज उपस्थिती’ भन्ने गरेका छन् । उनका अनुसार, धेरै मानिसलाई रुघाखोकी बाहेक अन्य कडा खालको लक्षण देखिएका छ्र्रैनन् । ‘धेरै मानिस रुघाखोकी लाग्दा पनि परिक्षण गर्न आएनन् । पछि ओमिक्रोनको चर्चा बढ्न थालेपनि डरले नै बढी मानिस परिक्षण गर्न आएका छन्,’ उनी भन्छन् ‘परिक्षण गर्नेको संख्या बढेपछि नै संक्रमितको संख्या ह्वात्तै बढेको हो । २२ प्रतिशत पुगुन्जेलसम्म पनि थाहा नपाउनु भनेको सरप्राइज उपस्थिती हो ।’

ओमिक्रोनले डेल्टाको तुलनामा कम असर गरेको हुनाले पनि कसैलाई वास्ता नभएको र पछि ह्वात्तै बढेको जस्तो देखिएको हुनसक्ने उनको अनुमान छ । त्यसै कारण सम्बन्धित निकायले अब टेस्टहरुलाई सहज बनाउने र अस्पतालको व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् ।

यस्तै, अहिले देशभरी कुल ८ हजार २०२ आइसोलेसन वेड, ३ हजार ८४६ एचडीयु वेड, २ हजार ७९७ आइसीयु वेड, एक हजार ८ भेन्टिलेटर, १३ हजार ९३९ अक्सिजन सिलिन्डर, ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर, ९८ कक्सिजन प्लान्ट र २५ ट्यांक रहेको मन्त्रालयले जनाएको छ । 

जसमध्ये बागमती प्रदेशमा मात्रै ३ हजार २८३ आइसोलेसन वेड, एक हजार १९१ एचडीयु वेड, एक हजार ४२३ आइसीयु वेड, ५ सय ३२ भेन्टिलेटर, ३ हजार ६९० अक्सिजन सिलिन्डर, एक सय ५८ अक्सिजन कन्सन्ट्रेटर, २८ कक्सिजन प्लान्ट र १५ ट्यांक रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, पुस ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्