Kathmandu Press

माघे संक्रान्ति : २५ करोड बराबरको तरुल लगायतका कन्दमुल उपत्यका भित्रियो

उपत्यकाभित्र खपत हुने तरुलजन्य कन्दमुल ९० प्रतिशत स्वदेशी उत्पादन हुन्।  बाँकी १० प्रतिशत भने भारतबाट ल्याइन्छ। समितिको तथ्यांक अनुसार पुस अन्तिमसम्म भारतबाट १३७ टन तरुल आयात भएका छन्। 
माघे संक्रान्ति : २५ करोड बराबरको तरुल लगायतका कन्दमुल उपत्यका भित्रियो

काठमाडौं पुस २९ : काठमाडौं उपत्यकासहित देशभर माघी पर्वको रौनक सुरु भएको छ। माघ १ गतेको दिनलाई माघी पर्व अर्थात् माघे संक्रान्ति पर्वका रुपमा मनाइने गरिन्छ।

माघी पर्वमा खासगरी तरुलजन्य कन्दमुलको व्यापार र कारोबार बढी हुने गर्छ। काठमाडौं उपत्यकाकामा माघी पर्वका लागि लक्षित गरेर तरुल, पिडालु, सखरखण्डा लगायतका कन्दमुल बाहिरी जिल्लाबाट धमाधम उपत्यका भित्रिरहेको छ। 

सखरखण्डा र पिडालुभन्दा तरूलको माग बढी 

Hardik ivf

 बिहीबार बिहानसम्म २५ करोड रुपैयाँ बराबरको तरुल, पिडालु र सखरखण्डा भित्रिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। अन्य समयको तुलनामा पुसको अन्तिममा तरूलको माग ह्वात्तै बढ्छ,’ सुचना अधिकारी श्रेष्ठ भन्छन्, ‘ माघी पर्वको विशेष परिकार भएका कारण माग थेग्नका लागि पुुस महिनामै उपत्यकाबाहिर बाट तरुल र अन्य कन्दमुल भित्रन्छ।’

उपत्यकाको ठूलो व्यापारिक केन्द्र कालीमाटी तरकारी बजारमा पुस महिनाको अन्तिमसम्म १ हजार ७२० टन तरुल लगायतका कन्दमुल भित्रिएका छन् । जसमध्य १ हजार २९ टन तरूल, २९३ टन पिडालु र १९८ टन सखरखण्डा उपत्यकाबाहिर बाट काठमाडौं भित्रिएका छन्। 

यस वर्ष बैशाखको सुरुवात देखि हालसम्मको तथ्यांक हेर्ने हो भने २ हजार ६ सय ८० टन तरुलजन्य कन्दमुल कालीमाटी बजारमा भित्रिएको तथ्यांक छ।

९० प्रतिशत स्वदेशी उत्पादन 

उपत्यकाभित्र खपत हुने तरुलजन्य कन्दमुल ९० प्रतिशत स्वदेशी उत्पादन हुन्।  बाँकी १० प्रतिशत भने भारतबाट ल्याइन्छ। समितिको तथ्यांक अनुसार पुस अन्तिमसम्म भारतबाट १३७ टन तरुल आयात भएका छन्। 

‘धेरैमा १० प्रतिशत तरुल भारतबाट आयात हुन्छ,’ समितिका सूचना अधिकारी श्रेष्ठ भन्छन्,‘ उपत्यकामा खपत हुने ९० प्रतिशत तरुल स्वदेशी उत्पादन नै हो।’ उनका अनुसार अन्य ठाउँको तुलनामा सर्लाहीबाट सबैभन्दा बढी तरुल उपत्यका भित्रिन्छ।  सर्लाहीबाट आउने तरूलले उपत्यकाको ४५ प्रतिशत माग परिपूर्ति गर्ने अधिकारीले जानकारी दिए। 

सर्लाहीबाहेक सुनसरी, धादिङ, चितवन, काभ्रे मकवानपुर लगायत अन्य बाहिरी जिल्लाबाट पनि तरुलजन्य कन्दमुल आउने गरेको छ। चाडविशेषमा मात्र नभई अन्य समयमा पनि तरूलको माग बढ्दो छ।

मूल्य

तरुल, पिडालु, सखरखण्डा एउटै मूल्यमा कारोबार हुँदैन्। तरूलको मूल्य पनि प्रजाती अनुसार फरक पर्छ। विभिन्न प्रजाती अनुसार तरूलको मूल्य प्रतिकिलो ५० देखि ३०० रुपैयाँसम्म पर्ने समितिले जनाएको छ।  

स्थानीय रुपमा उत्पादन भएको तरुलको मूल्य केही बढी नै रहेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ। 
बन तरुल, हात्तिपाइले तरुल, लहरे तरुल  प्रकृति अनुसारको तरुलको मुल्य फरक–फरक छन्। 

सोही अनुसार पिडालु र सखरखण्डाको मूल्य निर्धारण पनि प्रजाती अनुसार फरकफरक रहेको छ। 


 

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्