तातोपानी नाका खोल्न माग गर्दै राजधानीमा प्रदर्शन (तस्बिरहरु)
प्रदर्शनमा चीनले नेपालको भूभाग हडपेको बन्दै ध्यानार्षण समेत गराइएको छ। ‘तातोपानी नाका खुला गर’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद, ‘नेपाली भूमि अतिक्रमण बन्द गर’, ‘सार्वजनिक समितिको प्रतिवेदन छानविन गर’ लगायत उल्लेख गरिएका पोस्टर पम्लेटसहित नाराबाजी गरिएको थियो।
काठमाडौं, पुस २८ : नेपाल–चीन नाका खोल्न माग गर्दै राजधानीम प्रदर्शन गरेका छन्।
नेपाल जागरुक संघको अगुवाईमा माइतीघरमा केही युवाहरुले प्रदर्शन गरेका हुन्।
चीनमा एमबीबीएस पढिरहेका विद्यार्थीलाई आउन जान सहज वातावरण बनाउन माग गर्दै प्रदर्शन गरिएको हो।
प्रदर्शनमा चीनले नेपालको भूभाग हडपेको बन्दै ध्यानार्षण समेत गराइएको छ। ‘तातोपानी नाका खुला गर’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद, ‘नेपाली भूमि अतिक्रमण बन्द गर’, ‘सार्वजनिक समितिको प्रतिवेदन छानविन गर’ लगायत उल्लेख गरिएका पोस्टर पम्लेटसहित नाराबाजी गरिएको थियो।










प्रकाशित मिति: १७:३६ बजे, बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
