Kathmandu Press

कसरी बनाइन्छ ‘चाकु’, यस्ता छन् फाइदा

गत बर्ष करिब सात लाख रूपैयाँ बराबरको चाकु बिक्रि भएको श्रेष्ठ बताउँछन्। उद्योगमा करिब २० जना कामदार छन्। उनको उद्योगमा एक महिना अगाडि देखी नै  चाकु उत्पादन गर्न थालिएको छ । 
कसरी बनाइन्छ ‘चाकु’, यस्ता छन् फाइदा
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं पुस २८ : आज माघे संक्रान्ती। थारु र मगर समूदायले विशेष महत्व दिने भएपनि वर्तमान समयमा सबै समूदायले महत्वका साथ मनाउँछन्। 

यस पर्वलाई मकर संक्रान्ति र माघि उपनामले पनि चिनिन्छ। नेवार समूदायमा यस पर्वलाई ‘घ्यचाकु सल्हुं’ भन्ने गरिन्छ। किराँतहरुले भने यसलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन्। 

माघे संक्रान्तिको विशेष परिकार हो ‘चाकु’ । यस पर्वमा चाकुको अत्याधिक प्रयोग हुन्छ। चाकुको उत्पादन भने पहिले विशेषगरी नेवार समूदायका मानिसहरुले गर्दै आएपनि बजार बढेपछि अन्य समूदायले पनि यसको उत्पादन गर्दै आएका छन्। नेवार समूदायमा भने माघे संक्रान्तिका दिन चाकु खानैपर्ने हुन्छ। 

Hardik ivf

चाकुको खपत काठमाडौं उपत्यकामा सबैभन्दा बढी हुन्छ । नेवार समूदायसँगै अन्यले पनि चाकुलाई महत्व दिन थालेपछि उपत्यकामा चाकुको माग बढेको हो।

चाकुले शरीरको तापक्रमलाई सन्तुलित गरी न्यायो बनाउने भएका कारण चाकु जाडो याममा उत्पादन र खपत हुने काठमाडौंका व्यवसायी राजकाजी श्रेष्ठ बताउँछन्। श्रेष्ठ करिब १८ वर्षदेखि चाकु व्यवसायी गर्दै आइरहेका छन्।

बाजे कान्छा श्रेष्ठ र बाबु नोक्ष्य श्रेष्ठले गर्दै आएका व्यवसायलाई नै उनले निरन्तरता दिएका हुन्। उनी विगत ९ वर्षदेखि ‘चोखा चाकु उद्योग’ बाट चाकुको उत्पादन गर्दै आएका छन्। 

गत बर्ष करिब सात लाख रूपैयाँ बराबरको चाकु बिक्रि भएको श्रेष्ठ बताउँछन्। उद्योगमा करिब २० जना कामदार छन्। उनको उद्योगमा एक महिना अगाडि देखी नै  चाकु उत्पादन गर्न थालिएको छ । 

चाकु उत्पादन गर्नको लागि चाहिने कच्चा पदार्थ वदाम, सख्खर, नरिवल कालिमाटि देखी ल्याउने गरेको श्रेष्ठको भनाई छ। गर्मी महिनामा आगोले पोल्ने भएकोले काम गर्न सकिँदैन, त्यसकासण जाडो महिनामा माघे सङ्क्रान्तिलाई लक्षित गरि एक महिना अघिदेखि नै चाकु उत्पादन गर्न थाल्ने उनले बताए।  

कसरी बनाइन्छ चाकु ? 

चाकु सखर र पानीको मिश्रणबाट बनाइन्छ । सखरलाई करिब एक घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिस्याउनुपर्छ। चिसो पारेपछि कालो रंगको पाकेको झोललाई फिटेर पहेँलो रंगको बनाइन्छ। फिटेको चाकुलाई चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।

चाकुका फाइदाहरु  

उखुको रसबाट बनेको सखर प्रयोग हुने भएका कारण चाकु बिरामीहरुका लागि समेत फाइदाजनक हुन्छ। जाडोलाई न्यानो पार्नु त छदैछ  शरिरलाई पोसिलो बनाउने र तागत दिने भएकाले चाकु प्रयोग बढ्दै गएको छ।
यसमा प्रोटिनका साथै भिटामिन बी–१, बी–२, बी–३, बी–५ र भिटामिन सी पनि पर्याप्त मात्रामा हुन्छ। चाकु सेवन गर्नाले मूड फ्रेस हुने, रुघाखोकी, हाडजोर्नीको समस्या, पेट तथा छालाको समस्या न्यूनीकरण गर्नुका साथै रक्तसञ्चार प्रणाली समेत राम्रो हुने बताउँछन्। 


 

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, पुस २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्