Kathmandu Press

प्रेस स्वतन्त्रतामा कुनै सम्झौता हुनुहुँदैन : मुख्यमन्त्री पोखरेल

गण्डकी, पुस २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पे्रस स्वतन्त्रतामा कुनै पनि सम्झौता हुन नहुने बताएका छन।नेपाल पत्रकार महासङ्घ छापा सञ्चार...
प्रेस स्वतन्त्रतामा कुनै सम्झौता हुनुहुँदैन : मुख्यमन्त्री पोखरेल
Hardik ivf

गण्डकी, पुस २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पे्रस स्वतन्त्रतामा कुनै पनि सम्झौता हुन नहुने बताएका छन।

नेपाल पत्रकार महासङ्घ छापा सञ्चार माध्यम हकहित प्रवद्र्धन विभागको आयोजनामा नवलपुरको कावासोतीमा आज भएको ‘गण्डकी प्रदेशस्तरीय छापा सञ्चार माध्यमका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सत्तामा हुदाँ र बाहिर रहँदा यदाकदा बोली फेरिने गरेको देखिए पनि पे्रस स्वतन्त्रतामा कुनै पनि किसिमको सम्झौता हुन नहुने बताए। विगतमा ल्याएका केही विधेयक धेरै विवादास्पद भएकामा आफूहरूले विरोध जनाएको उल्लेख गर्दै उनले गण्डकी प्रदेश सरकार कुनै पनि बहानामा छुट्टै कानुन बनाएर सञ्चार नियन्त्रण गर्ने भन्ने पक्षमा नभएको स्पष्ट पारे।

'विधेयकबारे चिन्ता चासो रहेको पाए। संविधानमा उल्लेखित शब्दावली मूल्य मान्यताको प्रतिकूल हुने गरी कुनै पनि बहानामा छुट्टै कानुन बनाएर सञ्चारलाई नियन्त्रण गर्ने पक्षमा प्रदेश सरकार छैन,' मुख्यमन्त्री पोखरेलले भने। प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनले स्पष्ट पारे। प्रदेश सरकारले  पत्रकार महासङ्घका भवन नभएका जिल्लामा बजेट छुट्टाएको उल्लेख गर्दै उनले प्रदेशभित्रका लोक कल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाउने विषयमा सबै पक्ष बसेर छलफल गर्न सकिने बताए।

प्रकाशित मिति: २०:२७ बजे, मंगलबार, पुस २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्