Kathmandu Press

राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग सांसदहरुको माग

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गरे। 
राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग सांसदहरुको माग

काठमाडौं, भदौ १६ : राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन्।

मंगलबारको बैठकमा सांसदहरूले यस्तो माग गरेका हन्। 

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गरे। 

उनले विपद्का बेला सबै एकै साथ भएर अगाडि बढ्नुपर्ने पनि बताए। उनले प्रचारभन्दा परिणाममुखी कार्य र सुरक्षित व्यवस्थापन आवश्यक रहेको बताए। 

यस्तै, नेकपाका सांसद सुरेशकुमार आलेमगरले विश्वका धनी र सम्पन्न मुलुकहरूले सिर्जना गरेको भूमण्डलीय वाष्पीकरण र जलवायु परिवर्तनका कारण यस्ता बेमौसमी प्राकृतिक प्रकोपका घटनाहरू हुने बताए। 

उनले यस्ता घटनाहरूको दूष्परिणाम भोग्न र पीडित हुन नेपाल जस्ता गरीब एवं अविकसित देशहरूले परिरहेको बताए।

नेकपाकै सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन्। ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन्।
 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, भदौ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्