Kathmandu Press

भोलिका लागि बोलाइयो प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले महाविपद्‍बारे विशेष प्रस्ताव पेस गर्ने छन्। जसमाथि सबै दलका नेताहरूले बोल्नेछन्।
भोलिका लागि बोलाइयो प्रतिनिधिसभा बैठक

काठमाडौं, भदौ १६ : प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान गरिने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले महाविपद्‍बारे विशेष प्रस्ताव पेस गर्ने छन्। जसमाथि सबै दलका नेताहरूले बोल्नेछन्।

भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाब एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
 

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, भदौ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्