Kathmandu Press

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

सुर्खेत, भदाै १६ : कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयले तयार गरेको उक्त योजनालाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै कर्णाली सरकारले एकातर्फ अन्तरप्रदेशीय विपद्मा प्रभावित नागरिकलाई राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने र अर्कोतर्फ प्रदेशको शिक्षा क्षेत्रको आगामी दशकका लागि दीर्घकालीन योजना अघि बढाउने भएको छ।

यसअघि पनि कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो।

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, भदौ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्