Kathmandu Press

यती एयरलाइन्सका यात्रुलाई पठाओ चड्दा ५० प्रतिशतसम्म छुट 

यती एयरलाइन्सका यात्रुलाई पठाओ चड्दा ५० प्रतिशतसम्म छुट 

काठमाडौं, पुस २७ : यती एयरलाइन्सका यात्रुहरुले पठाओ चड्दा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाईटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्य सम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा सहज यात्रा अफर ल्याएका हुन् । 

प्रकाशित मिति: १९:५३ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्