सेतो मच्छिन्द्रनाथको महास्नान (फोटोहरू)
सेतो मच्छिन्द्रनाथको महास्नान विधिपूर्वक सम्पन्न भएको छ।.jpg)
काठमाडौं, पुस २७ : सेतो मच्छिन्द्रनाथको महास्नान विधिपूर्वक सम्पन्न भएको छ।
पुस शुक्ल अष्टमीको दिन काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने परम्परा रहेको छ। त्यहि परम्पराअनुसार, सोमबार महस्नान गरिएको हो।
महास्नान गराउन मच्छिन्द्रनाथको मूर्तिलाई मन्दिरमा नियमित राख्ने स्थानबाट बाहिर निकालेर डबलीमा राखिन्छ। त्यसपछि शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराउने प्रचलन रहेको छ।
त्यसअघि मूल पुरोहितले कुनै विघ्न बाधा नआवस् भन्दै पूर्व–पश्चिम, उत्तर–दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान लगायत सबै देवीदेवताको पूजाआजा गर्छन्। यो वसन्तपुरबाट जिवितदेवी कुमारीलाई पनि ल्याउने गरिन्छ।
सेतो मच्छिन्द्रनाथलाई विभिन्न धर्मालम्बीले पूजाआजा गर्छन्। हिन्दूले हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीले आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्छन्।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)









![कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिंगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1756634974.jpg)
![थिमीकाे लायकु र तान्त्रिक भैल नाच [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1755247398.jpg)
