गोरखाबाट शुरु भएको राष्ट्रिय एकता पदयात्रा राजधानीमा (फोटोफिचर)
काठमाडौं, पुस २६ : नेपाली सेनाले पृथ्वी जयन्तीमा आयोजना गर्दै आएको राष्ट्रिय एकता पदयात्रा आज राजधानी आइपुगेको छ । पुस २१ गतेबाट गोरखाबाट सुरु...काठमाडौं, पुस २६ : नेपाली सेनाले पृथ्वी जयन्तीमा आयोजना गर्दै आएको राष्ट्रिय एकता पदयात्रा आज राजधानी आइपुगेको छ । पुस २१ गतेबाट गोरखाबाट सुरु भएको पदयात्रा आज काठमाडौं आइपुगेको हो ।
गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाण्डौस्थित हनुमान ढोकासम्म सञ्चालन हुने पदयात्रा गोरखा दरबारबाट सुरु भएको थियो ।
पदयात्रा मार्गमा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना ५ वटा युनिटको झण्डा र टर्चसहित गोरखामा तैनाथ नेपाली सेनाको रिपुमर्दनी गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित राजधानी आइपुगेको हो।
पदयात्रा (भोली) पुस २७ गते जंगी अड्डामा आयोजना हुने ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको विशेष समारोहकाबीच समापन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
राजधानी आइपुगेको एकता पदयात्रा मंगलबार बिहान हनुमान ढोका हुँदै न्युरोड, टुडिखेल, भद्रकाली हुँदै सैनिक मञ्च टुडिखेल पुग्नेछ ।