Kathmandu Press

भक्तपुरमा १८ वर्षमुनिका विद्यार्थीलाई मोर्डना खोप (तस्बिरहरु)

काठमाडौं , पुस २६ : भक्तपुरमा  १२ देखि १८ वर्ष उमेरसमूहका विद्यार्थीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन्। सोमबार भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाको शंखधर मेमोरियल विद्यालयमा विद्यार्थीहरुलाई...
भक्तपुरमा १८ वर्षमुनिका विद्यार्थीलाई मोर्डना खोप (तस्बिरहरु)

काठमाडौं , पुस २६ : भक्तपुरमा  १२ देखि १८ वर्ष उमेरसमूहका विद्यार्थीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन्। सोमबार भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाको शंखधर मेमोरियल विद्यालयमा विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाइएको हो। 

जिल्लामा ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने उद्धेश्यसहित खोप अभियान सञ्चालन गरिएको थियो। सोही अभियान अन्तर्गत सूर्यविनायक, चाँगुनारायण, मध्यपुरथिमी, भक्तपुर लगायतका नगरपालिकाहरुमा खोप अभियान सञ्चान गरिएको थियो। उक्त अभियानमा विद्यार्थीहरुलाई मोर्डना खोप लगाइएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालयले पठनपाठन सञ्चालन भएका विद्यालय र विद्यालय नजिक रहेका स्वास्थ्य चौकीमार्फत खोप दिन सुरु गरेको छ । कार्यालय प्रमुख मिजारका अनुसार २५० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्योभन्दा कम सङ्ख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ।

Hardik ivf

विद्यालयमा जाडो बिदा भएर पठनपाठन बन्द भएको तथा परीक्षा सञ्चालन भइरहेको अवस्थामा भने नजिकैको स्वास्थ्यचौकीमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ। एक पालिकामा कम्तीमा तीन दिन खोप अभियान सञ्चालन गरिने छ । तीन दिनमा नसकिए केही दिन थप गरेर भए पनि सबै बालबालिकालाई खोप दिने गरी अभियान सुरु भएको हो। 

 


 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्