Kathmandu Press

फिफा विश्वकप छनोटः कुवेतसँग नेपालको लज्जास्पद हार

काठमाडौं, भदौ २० : सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग लज्जास्पद हार व्यहोर....

फिफा विश्वकप छनोटः कुवेतसँग नेपालको लज्जास्पद हार

काठमाडौं, भदौ २० : सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग लज्जास्पद हार व्यहोरेको छ।

गएराति भएको खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको हो। खेलको पाँचौ मिनेटमै युसुफ नासिरले गोल गर्दै घरेलु टोली कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको १२ औं मिनेटमा पाएको कर्नर प्रहारबाट आएको बलमा फहद अलहज्ररीले हेडिङ गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाएका थिए। 
पहिलो हाफमा २–० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भयो। 

खेलको ५० औं मिनेटमा युसुफ नासिरले व्यक्तिगत दोस्रो गोल गरेपछि कतार ३–० को अग्रता लिन सफल भयो। युुसुफले अब्दुल्ला अलमुत्रीको पासमा डी बक्सभित्रबाट हेडिङ गोल गरेका थिए।

त्यसको ९ मिनेटछि खेलको ५९ औं मिनटमा अब्दुला अलमुत्रीले नेपाली गोलरक्षक किरण चेञ्जोङ केही अघि बढेको फाइदा उठाउँदै गोल गर्न सफल भए।

खेलको ६७ औं मिनेटमा बदुर अल अलमोत्वाले कुवेतका लागि पाँचौ गोल गरे। यस्तै, इञ्जुरी समयको चौथो मिनेटमा रेधा अबुजाबाराहले लोभलाग्दो  गोल  गरेपछि नेपाल ६–० ले पछि परेको थियो। 

त्यसको केहीबेरमा रेधाकै पासमा हुसेन अलमैसीले गोल गरेपछि कुवेत ७–० को जित निकाल्न सफल भयो। नेपालको यो सन् १९८२ मा विश्वकप खेलिसकेको कुवेतसँग दोस्रो ठूलो हार हो।

यसअघि नेपाल सन् १९९४ को एसियन गेम्समा कुवेतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो। गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा कुवेतलाई नेपालले गोलरहित बराबरीमा रोकेको थियो।

अहिलेसम्म कुवेतसँग सात पटक भिडेको नेपालले ६ खेलमा हार ब्यहोरेको छ भने एक खेल बराबरीमा सकिएको छ।
 

प्रकाशित मिति: ०६:४७ बजे, शुक्रबार, भदौ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्