Kathmandu Press

ओलम्पिक कमिटीको निर्वाचन स्थगित

काठमाडाैं, भदाै १९ : नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ। 

सर्वोच्च अदालतले निर्वाच....

ओलम्पिक कमिटीको निर्वाचन स्थगित

काठमाडाैं, भदाै १९ : नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ। 

सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको छ। 

भदौ १७ गते सर्वोच्च अदालतले एनओसीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
    
रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतले दुवै पक्षलाई यही भदौ २२ गते छलफलका लागि बोलाएको छ। 

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, भदौ १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्