माइतीघरमा सिके राउत नेतृत्वको जनमत पार्टीको प्रदर्शन
जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए।
काठमाडौं, पुस २१ : सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानीमा आन्दोलन गरेको छ। किसानका माग राखेर प्रदेश २ मा आन्दोलन गर्दै आइरहेको जनमत पार्टीले बुधबार राजधानीको माइतीघरमा नाराबाजीसहित प्रदर्शन गरेको हो।
जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए।












प्रकाशित मिति: १७:०० बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
