चर्को शुल्क असुल्ने मेडिकल कलेजविरुद्ध विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)
प्रदर्शनमा विद्यार्थीहरुले ‘हाम्रो भविष्य सुनिश्चित गर’, ‘लुटतन्त्र बन्द गर’, ‘मेडिकल माफिया मुर्दावाद’ लगायतका नारा लगाएका छन्।काठमाडौं, पुस २१ : मेडिकल कलेजले सरकारबाट ताेकिएकाे भन्दा बढी शुल्क असुलेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजले सरकारी शुल्कभन्दा २० लाख बढी असुल गरेकाे भन्दै विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन्।
राजधानीको माइतीघरमा विद्यार्थीहरु नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका छन्। सरकारले तोकेकै शुल्कमा अध्ययन गर्न पाउनुपर्ने विद्यार्थीहरुको माग छ। यो अथवा त्यो बहाना गर्दै मेडिकल कलेजहरुले चर्को शुल्क उठाएको र सरकार मुकदर्शक बनेर बसेको विद्यार्थीको गुनासो छ।
प्रदर्शनमा विद्यार्थीहरुले ‘हाम्रो भविष्य सुनिश्चित गर’, ‘लुटतन्त्र बन्द गर’, ‘मेडिकल माफिया मुर्दावाद’ लगायतका नारा लगाएका छन्।
माइतिघर मण्डलाबाट निकालिएको विद्यार्थीको र्याली बानेश्वर चोक पुगेर कोणसभामा परिणत भएको थियो। \
प्रकाशित मिति: १३:०९ बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरणशुक्रबार, मंसिर ७, २०८१
‘कसैको अनुहार हेरिन्न, गल्ती गर्नेलाई कारबाही हुन्छ’शुक्रबार, मंसिर ७, २०८१
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्रीशुक्रबार, मंसिर ७, २०८१
जनमत सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखकाे निर्णयशुक्रबार, मंसिर ७, २०८१