Kathmandu Press

वसन्तपुरमा 'तमु ल्होसार'को रौनक 

टुँडिखेल पुग्नुअघि विभिन्न काठमाडाैंका विभिन्न स्थानबाट आएका मानिसहरू वसन्तपुरमा भेला भएका छन्। वसन्तपुरबाट र्‍याली गर्दै टुँडिखेल पुग्ने छ।
वसन्तपुरमा 'तमु ल्होसार'को रौनक 

काठमाडौं, पुस १५ : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते (आज) ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, ओखल्ढुङगालगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

काठमाडौंमा पनि गुरुङ समूदायले आजको दिनलाई धुमधामसँग मनाउँदै आएका छन् । गुरुङ समूदायको संस्कृती झल्किने पहिरन र बाजागाजासहित विभिन्न स्थानबाट मानिसहरु टुँडिखेलमा जम्मा हुने क्रम सुरु भएको छ। 

टुँडिखेल पुग्नुअघि विभिन्न काठमाडाैंका विभिन्न स्थानबाट आएका मानिसहरू  वसन्तपुरमा भेला भएका छन्। वसन्तपुरबाट र्‍याली गर्दै टुँडिखेल पुग्ने छ। टुँडिखेलमा विशेष समारोहका साथ तमु ल्होसार मनाइने छ। कोरोना जोखिमका कारण पछिल्ला वर्षहरुमा जस्तो यो वर्ष भने केही कम मानिसहरु उपस्थित छन्। 

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्