Kathmandu Press

पुबुदु दशानायके प्रशिक्षकका रूपमा फेरि नेपाल आउँदै

काठमाडौं, भदौ १७ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दशानायके फेरि नेपाल आउने भएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट ट....

पुबुदु दशानायके प्रशिक्षकका रूपमा फेरि नेपाल आउँदै
फाइल

काठमाडौं, भदौ १७ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दशानायके फेरि नेपाल आउने भएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको कार्यकाल सकेर फर्किएको चार वर्षपछि पुबुदु नेपाल आउन लागेका हुन्। पुबुदु टी–२० क्रिकेट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्सको प्रशिक्षकका रुपमा आउन लागेको भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले जानकारी दिए।

उनका अनुसार पुबुदुलाई भैरहवा ग्लाडियटर्सले लामो सयमका लागि अनुबन्ध गरेको छ। उनले चर्चित क्रिकेट हस्तीलाई टोलीको प्रशिक्षकको रुपमा पाउँदा खुशी लागेको बताए। ‘ फ्रेञ्चाइज क्रिकेटलाई मात्र होइन, नेपाली क्रिकेटका लागि नै नयाँ प्रतिभाहरु पुबुदुले खोज्नेछन् भन्ने हामीलाई विश्वास छ,’ उनले भने।

पुबुदुले आफू नेपाल नयाँ भूमिकामा आउन उत्साहित रहेको बताएका छन्। नेपाललाई दोस्रो घर बताउँदै आएका ४९ वर्षीय पुबुदुले भनेका छन्,‘नेपाल सधैँ मेरो मुटु नजिक छ। म जुनसुकै भूमिकामा पनि नेपाली क्रिकेटमा सहयोग गर्न चाहन्छु।’

इपीएलको नयाँ संस्करण आगामी फेब्रुअरीबाट सुरु हुनेछ। पुबुदु प्रतियोगिता सुरु हुनु एक महिना अघि नेपाल आइपुग्ने छन्। पुबुदुको पारिश्रमिकबारे भने खुलाइएको छैन। पुबुदुले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सन् २०११ देखि चार वर्ष मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए। 

इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि भैरहवा पराजित भएको थियो। भैरहवा ग्लाडियर्सका कप्तान शरद भेषावकर हुन्। 
 

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, भदौ १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्