रिमझिम रिमझिम पानी पर्यो...
पानी परेकै कारण चिसो अत्यधिक बढेको छ। उपत्यकाको सडकमा सर्वसाधारणको चहलपहल अत्यन्त न्यून देखिएको छ। सवारी साधनको चाप केही मात्रामा कम देखिन्छ।
काठमाडौं, पुस १४ : काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रहरुमा मंगलबार बेलुकादेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण जनजीवन केही प्रभावित भएको छ।
पानी परेकै कारण चिसो अत्यधिक बढेको छ। उपत्यकाको सडकमा सर्वसाधारणको चहलपहल अत्यन्त न्यून देखिएको छ। सवारी साधनको चाप केही मात्रामा कम देखिन्छ।
उपत्यकामा मात्र होइन पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ।
यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।







प्रकाशित मिति: १३:१४ बजे, बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
