Kathmandu Press

माओवादी केन्द्रको नयाँ नेतृत्व चयनमा समावेशिताको प्रश्न 

माओवादी केन्द्रले १५ सदस्य पदाधिकारीको समिति बनाउने निर्णय गरेसँगै समानुपातिक समावेशिताको विषयमा बहस हुन थालेको हो।
माओवादी केन्द्रको नयाँ नेतृत्व चयनमा समावेशिताको प्रश्न 

काठमाडाैं, पुस १२ : माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा जारी छ। आइतबार सुरु भएको महाधिवेशन विभिन्न दस्तावेज पारित गर्नुका साथै पार्टीलाई दिशानिर्देश गर्न आवश्यक नीतिगत निर्णय गरेसँगै नयाँ नेतृत्व चुनेर सम्पन्न हुनेछ।

माओवादी केन्द्रले महाधिवेशनबाट १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बन्दैछ। यसअघि केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन्।

Hardik ivf

समानुपातिक समावेशिताको सवाललाई मुलुकको महत्वपूर्ण मुद्दा बनाउनुमा आफूहरूको विशेष भूमिका रहेको माओवादी केन्द्रका नेताहरूले दाबी गर्ने गरेका छन्। तर, सो पार्टीको आफ्नै नेतृत्व चयनमा सो कुराले कत्तिको महत्व पाउँछ भन्ने आम चासोको विषय बनेको छ। 

माओवादी केन्द्रले चर्को रूपमा समावेशिता र समानुपातिकको मुुद्दालाई उठाउँदै आएको माओवादी नेत्री अञ्जना विशंखे पनि बताउँछिन्। अबको माओवादी हाँक्ने नयाँ नेतृत्व सोहीबमोजिम बन्ने उनको दाबी छ। माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्षद्वारा प्रस्तुत गरिने विधानअनुरूप छलफल गरेर अगाडि बढ्ने उनले बताइन्। ‘माओवादी केन्द्रले १५ पदाधिकारी समानुपातिक र समावेशी ढंगले नै बनाउनेछ,’ उनले भनिन्, ‘केन्द्रीय सदस्यहरू पनि सोहीबमोजिम नै चुनिनेछन्।

पदाधिकारीमा सुरुदेखि नै पम्फा भुसाल रहेको र त्यसपछि आधा दर्जन बढी पुराना नेत्री पदाधिकारीमा रहने सम्भावना रहेको उनले बताइन्। आदिवासी जनजाति समुदायबाट संख्यात्मक रूपमा राम्रो उपस्थिति रहने सम्भावना रहेको उनले जानकारी दिइन्। त्यस्तै, दलित समुुदायबाट पनि पदाधिकारीमा दुुईजना समेटिने सम्भावना रहेको उनले बताइन्। 

माओवादी केन्द्रले १५ सदस्य पदाधिकारीको समिति बनाउने निर्णय गरेसँगै समानुपातिक समावेशिताको विषयमा बहस हुन थालेको हो। सो पार्टीले सामाजिक दृष्टिले पछाडि पारिएका वर्ग समुदायलाई स्थान दिन्छ कि दिँदैन, उनीहरूको प्रतिनिधित्व स्विकार्छ कि स्विकार्दैन भन्ने त महाधिवेशनमार्फत गरिएको पदाधिकारी छनोटले स्पष्ट रूपमा देखाउने नै छ। त्यसपछि मात्र माओवादी केन्द्र कस्तो पार्टी भनेर राजनीतिक वृत्तमा हुने विश्लेषणबाट मूल्य निर्धारण हुनेछ।

प्रथम राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्रले सम्पूर्ण प्रक्रिया पुगेको तर्क गर्दै शनिबार मात्र त्यसलाई महाधिवेशनमा रूपान्तरित गर्ने निर्णय गरेको थियो। सोहीबमोजिम आइतबार महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भई आज बन्दसत्र चलिरहेको छ। महाधिवेशन पाँच दिन चल्ने बताइएको छ। 

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्