Kathmandu Press

माओवादी महाधिवेशन : प्रतिनिधिहरुको नि : शुल्क स्वास्थ्य परीक्षण

काठमाडौं, पुस १२ : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत सोमबार बन्द सत्र सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु...
माओवादी महाधिवेशन : प्रतिनिधिहरुको नि : शुल्क स्वास्थ्य परीक्षण

काठमाडौं, पुस १२ : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत सोमबार बन्द सत्र सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु भएको हो। 

बन्द सत्र सुरु हुन अघि महाधिवेशन प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ। बन्दसत्र हलभित्र जानुअघि विभिन्न ठाउँबाट आएका प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिएको हो। 

स्वस्थ जाँचमा प्रतिनिधिहरुको रगत, रक्तचाप, चिनीरोग र दन्त परीक्षण गरिएको छ। 

नेपाल स्वास्थ्य अभियान युनेस्को समाजले निशुल्क गर्ने स्वास्थ्य परीक्षण महाविधेशन अवधिभर चलिरहने छ।

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्