मेलिना राईको स्वरमा रहेकाे ‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, पुस ९ : मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार सन्तोषजंग थापाको शब्द रचना तथा नवीन कार्कीकोे संगीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ।
रेजिना तुलाधरले पहिलोपटक निर्देशन गर्नुभएको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गरेका हुन्। ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












