प्रधानमन्त्री शाह आज भारत भ्रमण जाँदै
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
काठमाडौं, मंसिर ६ : प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमण जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जान लगेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने छ।
भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: १२:०१ बजे, आइतबार, मंसिर ६, २०८३
थप समाचार






