‘हेल्लो जिन्दगी’को फस्र्टलुक सार्वजनिक
काठमाडौं, पुस ९ : लामो समयको प्रतीक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको बिहीबार फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।एभरेस्ट सूर्य बोहराद्वारा लिखित, निर्देशित फिल्म आगामी चैत्र ११...
काठमाडौं, पुस ९ : लामो समयको प्रतीक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको बिहीबार फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
एभरेस्ट सूर्य बोहराद्वारा लिखित, निर्देशित फिल्म आगामी चैत्र ११ गते अर्थात् २५ मार्च २०२२ मा देशव्यापी प्रदर्शनमा आउने तय भएको जानकारी निर्देशक बोहराले दिएका छन्।
सत्य घटनामा आधारित सामाजिक कथानक फिल्ममा बिक्रम डी.जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, एभरेस्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायत कलाकारले अभिनय गरेका छन्।
सार्वजनीक तीन किसिमका फस्र्टलुक पोस्टरमध्ये एउटामा फिल्मका प्रमुख अभिनेता विक्रम डी जोशी ‘एंग्री म्यान’ का रुपमा मैदानमा उत्रिएका छन्। अर्काे एउटा पोस्टरमा नायक जोशी नायिका दीपिकासँग ‘डिफेन्डिङ मुड’ देखिएका छन् भने अर्काे एक पोस्टरमा नायक जोशीका साथमा नायिकाहरु प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई र विक्रान्त बस्नेतलाई प्रस्तुत गरिएको छ।
युके र नेपालमा छायांकन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डि. जोशी छन्। सिर्जना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डी जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन्।
निर्देशक बोहराकै शब्द रहेको फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ। प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा विष्णु देवाको कोरियोग्राफी छ। आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले लिएको हो।
युकेमा रहे तापनि सँधै नेपाली फिल्मको विकास, बिस्तार र गुणस्तर वृद्धिका लागि कटिबद्ध अभिनेता तथा निर्माता विक्रम डी जोशीले ‘हेल्लो जिन्दगी’ ले नेपाली फिल्मको श्रीवृद्धिमा नौलो आयाम थप्ने विश्वास व्यक्त गरेका छन्।
महँगो लगानीमा निर्माण गरिएको फिल्म गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखिएको जानकारी उनले दिए। महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्म्ससँगको सहकार्यमा विरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सहनिर्मातामा सबिता गुरुङ छिन् भने डी क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट,इ न्डिया लाइन प्रोड्युसर छन्।
पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी गुरुङको सम्पादन रहेको छ। फिल्मको सहायक निर्देशकमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ अनि मुख्य सहायक निर्देशमा सुदीप कुँवर र एलिस अधिकारी छन्।
कोरोनाका कारण सुस्ताएको नेपाली फिल्मको बिश्वब्यापी बजारलाई आफ्नो फिल्मले नयाँ उचाइमा पुर्याउने बिश्वास निर्देशक बोहराको छ।












