टेलिभिजन कार्यक्रम ‘रजतपट’विरूद्ध वर्षा शिवाकोटीकाे उजुरी
काठमाडाै, पुस ८ : अभिनेत्री वर्षा शिवाकोटीले रंग पत्रकार प्रकाश सुवेदीको कार्यक्रम रजतपटविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छन्।कार्यक्रम ‘रजतपट’मार्फत आफ्नो व्यक्तिगत जीवनको कुरा...
काठमाडाै, पुस ८ : अभिनेत्री वर्षा शिवाकोटीले रंग पत्रकार प्रकाश सुवेदीको कार्यक्रम रजतपटविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छन्।
कार्यक्रम ‘रजतपट’मार्फत आफ्नो व्यक्तिगत जीवनको कुरा झिकेर अपमान गरेको आरोप लगाउँदै उनले शिवाकोटीले पत्रकार सुवेदीलेलाई कारबाही गर्न माग गरेकी छन्।
उजुरी दिएपछि उनले नितान्त व्यक्तिगत कुरा निकालेर घोचपेच गरेका कारण कारबाहीको माग गर्दै उजुरी दर्ता गराएको वर्षले बताएकी छन्। सम्बन्धित निकायले कानुनी उपचारका गर्ने भएकाले अहिले सो विषयमा धेरै बोलन उचित नहुने उनले बताइन्।
पत्रकार सुवेदीले रजतपटमा ‘गसिप’ रिपोर्ट प्रसतुत गर्ने क्रममा वर्षाको प्रेम, विछोड र उनको पहिरन विषय बनाएका थिए।
प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












