Kathmandu Press

लालपूर्जा माग्दै बाँदरझुलाका सुकुम्बासी माइतीघरमा (फोटो फिचर)

०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुम्बासी नागरिकहरु बाँदरझुलामा बस्दै आएपनि सरकारले सुकुम्बासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै आएर प्रदर्शनमा उत्रिनु परेको उनीहरुको भनाई छ । 
लालपूर्जा माग्दै बाँदरझुलाका सुकुम्बासी माइतीघरमा (फोटो फिचर)

काठमाडौं, पुस ६ : लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् ।

लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गरेका हुन्। 

बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा हो,   लगायत लेखिएको प्लेकार्ड तथा व्यानार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरस्थित संसद भवन अगाडिसम्म र्‍याली गरेका थिए ।

Hardik ivf

०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुम्बासी नागरिकहरु बाँदरझुलामा बस्दै आएपनि सरकारले सुकुम्बासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै आएर प्रदर्शनमा उत्रिनु परेको उनीहरुको भनाई छ । 

लालपुर्जा पाउने व्यवस्था नभएसम्मा आन्दोलन नरोक्ने उनीहरुले बताए। 

प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, पुस ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्