Kathmandu Press

‘कबड्डी–४’ वैशाख २३ गते रिलिज हुने, आज टिजर सार्वजनिक

काठमाडौं, पुस ५ : नेपाली कथानक चलचित्र ‘कबड्डी–४’ आगामी  वैशाख २३ गते (६ मे २०२२ मा) रिलिज हुने भएको छ।निर्माण पक्षले  ‘कबड्डी–४’लाई सिरिजको...
‘कबड्डी–४’ वैशाख २३ गते रिलिज हुने, आज टिजर सार्वजनिक

काठमाडौं, पुस ५ : नेपाली कथानक चलचित्र ‘कबड्डी–४’ आगामी  वैशाख २३ गते (६ मे २०२२ मा) रिलिज हुने भएको छ।

निर्माण पक्षले  ‘कबड्डी–४’लाई सिरिजको अन्तिम चलचित्र भएको बताएको छ। यसलाई ‘फाइनल म्याच’ पनि भनिएको छ।

निर्माण पक्षले आज सुष्मा प्रोडक्सन ग्लोबलको युट्युब च्यानलबाट टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो। 

टिजरमा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, सौगात मल्ल, मिरुना मगरलगायत कलाकारलाई देखाइएको छ। 

बाँसुरी फिल्म्सद्वारा प्रस्तुत र रामबाबु गुरुङद्वारा निर्देशित यो चलचित्रको भर्खरै छायांकन सकिएको हो। 

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, पुस ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्