Kathmandu Press

यःमरि पुन्हि तथा ज्यापू दिवसमा नेवारी संस्कृति झल्काउँदै र्‍याली

काठमाडौं, पुस ४ : आज (आइतबार) मार्ग शुक्ल पूर्णिमा अर्थात् यःमरि पुन्हि (यमरी पूर्णिमा)। नेपाल भाषामा ‘यः’ को अर्थ हुन्छ, मन पर्ने र ‘मरि’को...
यःमरि पुन्हि तथा ज्यापू दिवसमा नेवारी संस्कृति झल्काउँदै र्‍याली

काठमाडौं, पुस ४ : आज (आइतबार) मार्ग शुक्ल पूर्णिमा अर्थात् यःमरि पुन्हि (यमरी पूर्णिमा)। नेपाल भाषामा ‘यः’ को अर्थ हुन्छ, मन पर्ने र ‘मरि’को अर्थ रोटी हुन्छ।

नयाँ धान भित्र्याएको खुसीयालीमा यःमरि पकाएर खाने अवसर भएकाले यो दिनलाई नेवार समुदायले निकै महत्वका साथ लिने गर्दछन्।

आजकै दिनमा ज्यापू दिवस पनि मनाउने गरिन्छ। काठमाडौंका नेवार समुदायले २०६१ सालयता हरेक वर्ष यःमरि पुन्हिकै दिन ज्यापु दिवस मनाउँदै आएका छन्।

यही अवसरमा आज ज्यापू समुदायले परम्परागत वेशभूषामा सजिएर, परम्परागत नेवारी बाजा बजाउँदै, नेवारी संस्कृति झल्कनेगरी अन्य विविध गतिविधि प्रदर्शन गर्दै, ठुलो यःमरि गाडीमा राखेर नगर परिक्रमा गरेको छ।

युवायुवती, वृद्धवृद्धा, बालबालिकाको सहभागिता रहेको र्‍याली लगन टोलस्थित गोफलबाट सुरु भएको थियो।

र्‍याली ब्रम्हटाेल, वाेन्डे, ह्युमत, जैसदेवल, क्वहिटी, भीमसेनस्थान, मरुटाेल, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्याेखा, बांगेमुढा, असन, वीर अस्पताल, न्युरोड हुँदै वसन्तपुर आएर टुंगिएको थियो।

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्