भाग डायक युईएफए प्लेयर अफ दि इयर घोषित
काठमाडौं, भदौ १३ : लिभरपुलका डिफेन्डर भिर्गिल भान डायकले ‘युईएफए प्लेयर अफ दि इयर’ को अवार्ड जितेका छन्।
युरोपियन फुटबलको ....

काठमाडौं, भदौ १३ : लिभरपुलका डिफेन्डर भिर्गिल भान डायकले ‘युईएफए प्लेयर अफ दि इयर’ को अवार्ड जितेका छन्।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले गएराति मोनाकोमा घोषणा गरेको ‘युईएफए प्लेयर अफ दि इयर’ को अवार्ड डायकले जितेका हुन्। अवार्ड जित्ने क्रममा उनले युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेसीलाई पछि पारेका हुन्।
लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका डायकले वर्ष खेलाडीसँगै वर्षको उत्कृष्ट डिफेन्डरको अवार्ड पनि जितेका छन्।
युईएफएका सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारले दिएको मतका आधारमा युईएफएले डायकलाई वर्ष खेलाडी र उत्कृष्ट डिफेन्डरको अवार्ड दिएको हो। डायक ‘युईएफए प्लेयर अफ दि इयर’ अवार्ड पाउने पहिलो डच खेलाडी समेत बनेका छन्।
डायकले ३०५ अंक पाउँदा मेसीले २०७ र रोनाल्डोले ७४ अंक पाएका छन्।











