Kathmandu Press

विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा, विराज परेनन्

काठमाडौं, भदौ १२ : कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। 

....
विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा, विराज परेनन्
फाइल

काठमाडौं, भदौ १२ : कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दोस्रो चरणको छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरहेको हो।

घोषित टोलीमा नियमित कप्तान विराज महर्जन भने पर्न असफल भएका छन्। यस्तै, स्ट्राइकर भरत खवास नेपाली सेनाको तालिममा रहेका कारण टिममा राखिएको छैन।

नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा पहिलो खेल खेल्ने छ भने भदौ २४ गते ताइपेसँग उसैको मैदानमा खेल्नेछ।  विश्वकप छनोटमासमूह ’बी’ मा रहेको नेपालले एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेसँग खेल्ने छ। 

यस्तो छ नेपाली टोली 

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ 

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल 

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई 

फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ 
 

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, भदौ १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्