Kathmandu Press

नेपाल साफ यु-१५ च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाडौं, भदौ १२ : नेपाल भारतमा जारी पाँचौ संस्करणको यु–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।  

कल्याणी रं....

नेपाल साफ यु-१५ च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाडौं, भदौ १२ : नेपाल भारतमा जारी पाँचौ संस्करणको यु–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।  

कल्याणी रंगशालामा बिहीबार भएको अन्तिम खेलमा नेपालले भुटानलाई ६–० गोल अन्तरले पराजित गर्दैै फाइनल प्रवेश गरेको हो। नेपाललाई जिताउन कप्तान प्रदिप लम्सालले दुई, अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक–एक गोल गरेका थिए।

खेलको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान प्रदिपले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि निराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफमा २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप चार गोल गरेको थियो। 

खेलको ४८ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि तेस्रो गोल गरे। खेलको ७५ औं अशिमले गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा क्रिसले गोल गरे भने इन्जुरी समयमा सुगमले गोल गर्दै नेपाललाई ६–० को जित दिलाए।

नेपालले अब उपाधिका लागि शनिबार भारतको सामना गर्नेछ।

 

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, भदौ १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्