Kathmandu Press

सागका लागि प्रारम्भिक क्रिकेट टोली छनोट

काठमाडौं, भदौ १२ : १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि प्रारम्भिक क्रिकेट टोली छनोट भएको छ।

मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड....

सागका लागि प्रारम्भिक क्रिकेट टोली छनोट

काठमाडौं, भदौ १२ : १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि प्रारम्भिक क्रिकेट टोली छनोट भएको छ।

मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम सार्वजनिक गरेको छ। नेपाली टोलीको बन्द प्रशिक्षण यही भदौ १५ गतेदेखि शुरु हुनेछ।

प्रारम्भिक टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सुनिल धमला, शौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे र करण केसी छन्।

त्यस्तै, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सरार्फ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी, अनिलकुमार शाह र अभिनास बोहोरा प्रारम्भिक टोलीमा परेका छन्।

अन्य सदस्यमा सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब आलम रहेका छन्।

साग खेलकूद आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, भदौ १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्