‘न्हय्गां जात्रा’ को अन्तिम दिन (फोटो फिचर )
काठमाडौं, २९ मंसिर : हरेक वर्ष मंसिर शुल्क अष्टमीदेखि मंसिर शुल्क द्धादशीसम्म मनाइने सात गाउँले जात्रा बुधबार (आज) सम्पन्न हुँदैछ । सात गाउँ मिलेर...काठमाडौं, २९ मंसिर : हरेक वर्ष मंसिर शुल्क अष्टमीदेखि मंसिर शुल्क द्धादशीसम्म मनाइने सात गाउँले जात्रा बुधबार (आज) सम्पन्न हुँदैछ । सात गाउँ मिलेर मनाइने यस जात्रा सात गाँउेले जात्रा नामले बढी प्रसिद्ध छ ।
काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँसहित ७ गाउँ मिलेर मनाइने कारण यसलाई सात गाउँले जात्रा भनिएको हो।
न्हय्गां जात्रा, बखुमद जात्रा आदि नामले पनि यस जात्रा प्रसिद्ध छ । यस जात्रामा विष्णुदेवी (वैष्णवी) को उपासना गरिन्छ । देवीको पीठ बखु (इन्द्रमती खोला) को पूर्व उत्तरमा रहेको दोभानमा अवस्थिति छ । काठमाडौंको पश्चिमतिर शोभागवती र गुहेश्वरी नजिक अस्तमात्रिका मध्ये एक तान्त्रिक देवी ‘लुंटीअजिमा’ इन्द्रायणी देवीको पीठ रहेको छ । यस पीठमा बाला चतुर्दशीका दिन हवन् (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन्मा चढाउने गर्दछन् ।
एक साल होममा चढाएका मध्ये परेवा बाहिर उडी गएको र त्यही परेवा बसेको ठाउँलाई नै बखु भनिएको हो । यसरी परेवा उडी कीर्तिपुरतिर गए देखि त्यहाँ परेवा बली दिन छाडिएको छ।
‘बखु’ भनेको परेवा हो । हराएको परेवा खोज्दा खोज्दा भेटाउन नसकेकोले नेवारी भाषमा परेवा पाइएन भन्दा ‘बखु मदु’ भनिएको र त्यसको अपभं्रस भई ‘बखुमद’ हुन आएको हो । हाल यस ठाउँलाई बल्खु भनिँदै आइएको छ । आफ्नो गाउँ ठाउँ अनुसार विष्णुदेवी, इन्द्रायणी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, आदि अष्टमात्रिकाको पूजा गरी यस बखुमद जात्रा मान्ने गर्दछन् ।
मंसिर शुल्क अष्टमीमा सतुगंलबाट सुरु भई कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, मच्छेगाउँ गरी सातगाउँ परिक्रमा गरी पुनः सतुगंलमै पुगी जात्रा समापन हुने गर्छ।