कांग्रेस महाधिवेशन : मतदानस्थलमा जे देखियो (फोटो फिचर)
पार्टीका सभापति शेरबहादुर देउवा पनि मतदान गरेर बाहिरिसकेका छन् । आजै मतदान सकाएर साँझ बाट मतगणना सुरु गर्ने कार्यतालिका रहेको छ।
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत सोमबार मतदान सुरु भएको छ । मतदान गर्न प्रतिनिधिहरु बिहानैदेखि लामवद्ध भएका भएपनि प्राविधिक कारण करिब साढे ११ बजेदेखि मतदान शुरु भएको हो ।
पहिलो मत नेता कूलबहादुर गुरुङले खसालेका छन् । मतदानका लागि भृकुटीमण्ड प्राङ्गण, हल, र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ। सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
पार्टीका सभापति शेरबहादुर देउवा पनि मतदान गरेर बाहिरिसकेका छन् । आजै मतदान सकाएर साँझ बाट मतगणना सुरु गर्ने कार्यतालिका रहेको छ ।
मतदानस्थलको अवस्था तस्बिरमा हेरौं



















प्रकाशित मिति: १३:२२ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
