महाधिवेशन प्रतिनिधिहरु मतदान गर्न लामवद्ध (तस्बिरहरु)
मतदानका लागि भृकुटीमण्ड प्राङ्गण, हल, र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ। सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। बिहान ८ बजेदेखि मतदान शुरु हुने भनिएपनि तयारीका कारण केही ढिला भएको छ।
मतदान केही बेरमा शुरु हुँदैछ । देशभरबाट आएका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि लाइन बस्ने क्रम शुरु भएको छ।
मतदानका लागि भृकुटीमण्ड प्राङ्गण, हल, र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ। सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
लाइन बसेका प्रतिनिधिहरुसँग उम्मेदवारहरुले भोट मागिरहेका छन्। जारी महाधिवेशनबाट १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।


े






प्रकाशित मिति: १०:२५ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
