Kathmandu Press

भृकुटीमण्डपमा नेताहरुलाई  भोट माग्न भ्याइनभ्याइ (फोटो फिचर) 

महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरुले यतिबेला आफ्नो र आफ्ना समूहको प्रचारप्रसारलाई तीब्र बनाएका छन्। आ–आफूले समर्थन गरेका नेताहरुको प्रचारप्रसारमा कार्यकर्ताहरु समेत होमिएका छन्। 
भृकुटीमण्डपमा नेताहरुलाई  भोट माग्न भ्याइनभ्याइ (फोटो फिचर) 

काठमाडौं, मंसिर २६ : कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रकृया भोलिदेखि सुरु हुँदैछ। देशभरबाट काठमाडौं आएका ४ हजार बढी प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदान राष्ट्रिय सभागृह र पुलिस क्लवमा हुनेछ।  

महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरुले यतिबेला आफ्नो र आफ्ना समूहको प्रचारप्रसारलाई तीब्र बनाएका छन्। आ–आफूले समर्थन गरेका नेताहरुको प्रचारप्रसारमा कार्यकर्ताहरु समेत होमिएका छन्। 

भोट माग्नका लागि शीर्ष तहका नेताहरु समेत सक्रिय देखिएका छन्। बालकृष्ण खाँण, गगन थापा, मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा लगायतका नेताहरु महाधिवेशन प्रतिनिधिहरुसंग भोट माग्न व्यस्त देखिएका छन्। उद्योगपति विनोद चौधरी लगायत केन्द्रीय सदस्यका उम्मेदवारहरु पनि प्रतिनिधिहरुसँग भोट मागिरहेको देख्न सकिन्छ।

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्