Kathmandu Press

कांग्रेस कार्यकर्ताले नै उठाए प्रदर्शनीमार्ग क्षेत्रमा जम्मा भएको फोहोर (तस्बिरहरू)

प्रदर्शनीमार्ग तथा राष्ट्रिय सभागृह क्षेत्र वरपर सडकमा जम्मा भएका फोहोरजन्य सामाग्रीहरु आइतबार बिहान कार्यकर्ताहरुले उठाएका हुन्।
कांग्रेस कार्यकर्ताले नै उठाए प्रदर्शनीमार्ग क्षेत्रमा जम्मा भएको फोहोर (तस्बिरहरू)

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थलमा जम्मा भएका कागजका टुक्रा, पानीका बोतल लगायतका फोहोर  कार्यकर्ताहरुले नै उठाएका छन्।

प्रदर्शनीमार्ग तथा राष्ट्रिय सभागृह क्षेत्र वरपर सडकमा जम्मा भएका फोहोरजन्य सामाग्रीहरु आइतबार बिहान कार्यकर्ताहरुले उठाएका हुन्।

विभिन्न उम्मेदवारको प्रचारप्रसारमा प्रयोग भएका पर्चा र कागज, कार्यकर्ताले पानी खाएर यत्रतत्र फालेका बोतल आदीले प्रदर्शनीमार्ग क्षेत्रमा फोहोर थुप्रिएको थियो। 

फोहोर उठाउन केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाईँका कार्यकर्ताहरु सडकमा खटिएका छन्।

 

प्रकाशित मिति: १२:२० बजे, आइतबार, मंसिर २६, २०७८