Kathmandu Press

‘देउवा जिताऔं’ अभियानमा प्रतिनिधि तथा नेता-कार्यकर्ता

काठमाडाैं, मंसिर २५ : नेपाली कांग्रेसको १४औं ऐतिहासिक महाधिवेशन काठमाडौंमा जारी छ। शुक्रबार महाधिवेशन उद्घाटन समारोह आयोजना गरेको कांग्रेसले सोही दिन बन्दसत्र पनि...
‘देउवा जिताऔं’ अभियानमा प्रतिनिधि तथा नेता-कार्यकर्ता

काठमाडाैं, मंसिर २५ : नेपाली कांग्रेसको १४औं ऐतिहासिक महाधिवेशन काठमाडौंमा जारी छ। शुक्रबार महाधिवेशन उद्घाटन समारोह आयोजना गरेको कांग्रेसले सोही दिन बन्दसत्र पनि सम्पन्न गरिसकेको छ।

आज (शनिबार) बाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आरम्भ भएको छ। आज बिहान १० बजेदेखि राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्य भइरहेको छ।

केन्द्रीय नेतृत्वका आकांक्षीहरुले साँझ ५ बजेसम्म उम्मेदवारी दिन सक्नेछन्। सबै प्रक्रिया पूरा गरिसकेपछि आइतबार दिउँसो सवा १२ बजे उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन हुनेछ। मतदान भने मंसिर २७ गते बिहान ८ बजेबाट निर्वाचन सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूमध्ये कोही उम्मेदवारी दर्तामा व्यस्त छन्, कोही मतदाता फकाउन लागिपरेका छन्। कतिपय प्रतिनिधि भने आफूनो पक्षका नेतालाई जिताउने अभिलाषाका साथ विभिन्न गतिविधि सञ्चालन गरिरहेका छन्।

यसक्रममा प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति देउवालाई पुनः सभापतिमा दोहोर्‍याउन चाहनेहरू ‘देउवा जिताऔं’ अभियान चलाइरहेका छन्। देउवा पक्षधर कतिपय प्रतिनिधिले भृकुटीमण्डप परिसरमा र्‍यालीको समेत आयोजना गरेका छन्।

र्‍यालीमा संलग्नहरूले ‘बलियो कांग्रेस समृद्ध देश : कांग्रेस सभापतिमा एकपटक शेरबहादुर देउवा नै बेस’, ‘आवश्यकता, अनुभव र परिपक्वता, सभापतिमा एकपटक देउवा’, ‘गणेशमानको त्याग, गिरिजाबाबुको साहस, किसुनजीको निष्ठा, देउवाले नै जोगाउँछन् कांग्रेसको प्रतिष्ठा’, १४औं महाधिवेशनको एउटै मन्त्र, देउवाको नेतृत्वमा नै मजबुत हुन्छ लोकतन्त्र’, अब देउवाको एक मात्र अभियान : आम नेता कार्यकर्ताको आत्मसम्मान र स्वाभिमान’ लगायत नारा लेखिएका ब्यानर बोकेका छन्। 

देउवाको तस्बिर अंकित टोपी, ब्याच, रिबन भिरेर उनीहरू  र्‍यालीमा संलग्न भएका छन्।   

प्रकाशित मिति: १५:४३ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्